ताप्लेजुङमा आगलागी हुँदा जले दुई घर

 

कालिकोट । ताप्लेजुङमा आगलागी हुँदा दुईवटा घर जलेका छन्।हिजो मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।दुवै घरमा रहेको नगद, खाद्यान्न र लत्ताकपडालगायत नष्ट भएका छन् भने घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन्।