कालिकोट । राष्ट्रिय भूमी आयोग जिल्ला समिति कालिकोटको आयोजनमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भूमी आयोगले अहीले सम्म भए गरेका प्रगती विवरणका बारेमा जानकारी गराउने उद्देश्यले मंगलवार जिल्लामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको आयोगका विज्ञ सदस्य मिम बहादुर कार्कीले बताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रममा आयोगका अध्यक्ष चित्र बहादुर सिंह, आयोगका सदस्यहरु साथै जिल्ला स्थित सम्पुर्ण पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भूमि आयोगका अध्यक्ष सिंहले देशमा बिधमान भूमि सम्बन्धि समस्या लाई चाडैं अन्त्य गर्ने उद्देश्यले नेपाल सरकार बाट राष्ट्रिय भुमी आयोग गठन भई आयोगका गतिबिधिहरु देशभर सक्रिय रहेका बेला कालिकोटमा पनि आयोगले बिभिन्न महत्वपुर्ण कामहरु गरेको बताउनु भयो । २०७८ साल चैत्र १७ गते देखि आयोगको जिल्ला कमिटि गठन भई भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुका कामकाजहरु अगाडी बढाई रहेको पनि अध्यक्ष सिंहले जानकारी गराउनु भएको थियो ।
यस्तै उहाँले जिल्ला स्तरमा समिति गठन हुनासाथ बृहत अन्तरक्रिया कार्यक्रमका विच जिल्लाका ९ वटै स्थानीय तह र आयोग विच कार्य समझदारी पत्रमा हस्ताक्षर भई तिलागुफा नगरपालिकामा पहिलो पटक र अन्य ८ वटा स्थानिय तहमा दोस्रोपटकको समेत ३५ दिने लगत संकलनका सूचनाहरु प्रकाशित भैसकेको विषय पनि पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गर्नु भएको थियो ।