पशु सेवा कार्यालयको आयोजनामा जिल्ला स्तरीय व्यवसायिक बाख्रा पालन सम्बन्धि तालिम संचालन

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिकामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयको सभा हलमा तिन दिने जिल्ला स्तरीय व्यवसायिक बाख्रा पालन सम्बन्धि तालिम संचालन भएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटको आयोजनामा तालिमको आयोजना गरीएको बताईएको छ ।

तालिममा जिल्लाको महावै गाउँपालिका र खाँडाचक्र नगरपालिकाका गरी दुई वटा स्थानिए तहका बाख्रा तथा भेडा पालन कृषकहरुको सहभागीता रहेको छ । उक्त तालिमको सहजिरण निमित्त कार्यलय प्रमुख अकल बहादुर सेजुवालले गर्नु भएको छ ।

तालिममा बाख्रा पाल्नुका उदश्ये, नेपाल सरकार द्धारा सिफारीस भएका बाख्राका जातहरु, बाख्रा पालन ब्यवसायको महत्व, बाख्राको उत्पादन बढाउने थप सम्भावनाहरु लगाएत अरु थुप्रै बिषयमा कृषक हरुलाई प्रशिषण दिने बताइएको छ । आजबाट सुरु भएको तालीम आउदो बुधवार सम्म चल्ने छ । कार्यालयले यस अघि जिल्लाका शुभकालिका गाउँपालिका, नरहरीनाथ गाउँपालिका र खाँडाचक्र नगरपालिकाका केही वडाका कृषकहरुको लागी गएको पौष ९ गते तालिम दिइएको थियो ।

error: Content is protected !!