नगर प्रमुख शाही द्धारा बिभिन्न बिद्यालयमा बार्षिक परीक्षाको अनुगमन

कालिकोट । जिल्लाको रास्कोट नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा परीक्षाको अनुगमन गरीएको छ । बिहिवारबाट नगरपालिका भरीका बिद्यालयहरुमा सञ्चालन भएको वार्षिक परीक्षाको अनुगमन गरीएको बताइएको छ ।

अनुगमनमा रास्कोट नगरपालिका नगर प्रमुख धर्मराज शाही पोषण, शिक्षा शाखा प्रमुख खेमराज शाही, शिक्षा प्रा.स. दल बहादुर जि.सी, स्रोत ब्याक्ति लक्ष्मि प्रशाद बराल , पत्रकार महासंघ कालिकोट जिल्ला उपाअध्यक्ष नमराज योगि, टिकाराज उपाध्यायको उपस्थितीमा बडिमालिक मा.बि.,मोतिराम मा.बि , कालसिल्ला मा.बि.लगाएतका अन्य बिद्यालयहरुमा वार्षिक परीक्षाको अनुगमन गरीएको शाखा प्रमुख शाहीले जानकारी दिनुभएको छ ।