डढेलो निभाउन लाग्दा एकजनाको मृत्यु

कालिकोट । जंगलमा लागेको डढेलो निभाउन लाग्दा धादिङका एक जनाको मृत्यु भएको छ। दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ताल्ती निवासी ५२ वर्षीय खामबहादुर थापा मगरको मृत्यु भएको हो।मृतक थापा मगर भालुखोप स्थानको रातामाटे जंगलमा डढेलो सल्केपछि निभाउने क्रममा लडेर घाइते भएका थिए भने डढेलो निभाउने क्रममा लड्दा उनी करिब २० मिटर तल खसेको प्रहरीले बताएको छ।उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ।