कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन

 

कालिकोट । ८० वर्षीय कथाकार परशु प्रधानको निधन भएको छ।प्रधानको गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको छोरा प्रतीक प्रधानले जानकारी दिएका छन्। प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् ।प्रधानको बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताईएको छ। २००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने उनले १३ वटा कथा संग्रह प्रकाशित भएका छन्।