बागलुङमा रात्रीबस दुर्घटना ७ जनाको मृत्यु, २५ घाइते

कालिकोट । रूकुम पश्चिमबाट काठमाडौका लागि छुटेको रात्रिबस दुर्घटना हुँदा चालक सहित ७ जनाको मृत्यु भएको छ । आज साँझ ५ः३० बजे रूकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको रात्रिबस बागलुङको निसीखोला गाउँपालिका वडा नं ६ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताएका छन । दुर्घटना अहिलेसम्म २५ जना घाइतेको उद्दार गरीएको प्रहरी उपरीक्षक कँडेलले बताए।