अनुसन्धानका लागि पक्राउ परेका महरा नर्भिक अस्पताल भर्ना

कालिकोट । आज सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । महरा बिरामी रहेकाले अस्पताल भर्ना गर्नु पर्ने काठमाडौं जिल्ला अदालतको आदेश अनुसार महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले बताए ।