नयाँ नेतित्व चयन गर्दै जिल्ला स्तरीय युवा भेला सम्पन्न,अध्यक्षमा ललिता शाही

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका १ मान्ममा आइतबारबाट सुरु भएको सशक्त बाल परियोजना अन्र्तगत जिल्ला स्तरीय युवा भेला सम्पन्न भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालिकोटको सहजीकरणमा जिल्ला स्तरिय युवा भेला विषयक सम्बन्धी दुई दिने तालीम हिजोबाट सञ्चालन गरीएको थियो । भेलाले १५ सदस्यीय जिल्ला स्तरीय युवा सञ्जालको पनि गठन गरेको छ ।

आज एक कार्यक्रमका विच नव निर्वाचित युवा सञ्जालकी अध्यक्ष ललीता शाहीको सभाअध्यक्षता, (हुरेन्डेक नेपाल) कालिकोटका कार्यबहाक अध्यक्ष बिरेन्द्र बहादुर बुढाको प्रमुख आतिथ्यता, पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, युवा नेता पुष्पराज आचार्य, तिला कणार्ली बहुमुखी क्याम्पसका स्वबीयु सभापती हिक्मत सिंह, प्लान ईन्टरनेश्नल नेपालका र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल)का कर्मचारीहरु ९ वटै स्थानिय तहका युवा युवतीहरु लगाएतको सहभागीतामा उक्त दुई दिने तालिमको समापन भएको हो । बाल बालिकाहरुको शैक्षिक, आर्थिक, सामाजिक तथा राजनैतिक सशक्तिकरण गर्न युवा तथा स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी हुने उद्देश्यका साथ जिल्ला स्तरिय युवा भेलाको कार्यक्रमको आयोजना गरिएको बताईएको थियो । आज समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुढाले जिल्लाको विकाश निर्माणमा युवाहरुलाई जोड्नको लागी कार्यक्रम आयोजना गरीएको बताउनु भयो ।

साथै उहाँले युवा शक्तीनै देश परीबर्तनको मुख्यपात्र भएको त्यसै अनुरुप जिल्ला स्थरीय युवा संञ्जाल गठन भएको धारणा ब्यक्त गर्नुभएको छ । कार्यक्रमको समापन सत्रमा बोल्दै युवा सञ्जालकी अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष शाहीले बर्तमान समाजमा जरा गाडेर बसेका कुरीति र कु–संस्कारहरुलाई निर्मुल पार्न युवा सञ्जालले महत्वपुर्ण भुमीका खेल्ने बताउनु भयो ।

यस्तै नवगठीत युवा सञ्जालले भेलाको घोषणा पत्र जिल्ला प्रशासन कार्यालयमा समेत बुझाएको छ

error: Content is protected !!