महरालाई ७ दिन हिरासतमा राख्न माग

कालिकोट । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ७ दिन हिरासतमा राख्न माग गरिएको छ।जिल्ला सरकारी वकिलको कार्यालयले सुन प्रकरणमा अनुसन्धानका लागि उनीमाथि ७ दिन हिरासतमा राख्न अनुमति माग गरेको बताईएको छ।पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले उनीमाथि मुद्दा चलाउन सिफारिस गरेपछि महरालाई आजै कपिलवस्तुबाट पक्राउ गरेर ल्याइएको थियो।उनी भेपमार्फत सुन तस्करीमा जोडिएका हुन्।