जिल्ला स्तरीय दुई दिने युवा भेला कार्यक्रम सञ्चालन

कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका १ मान्ममा सशक्त बाल परियोजना अन्र्तगत जिल्ला स्तरीय युवा भेला कार्यक्रम सञ्चालन भएको छ । प्लान ईन्टरनेश्नल नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल) कालिकोटको सहजीकरणमा जिल्ला स्तरिय युवा भेला विषयक सम्बन्धी दुई दिने तालीम आजवाट सञ्चालन गरीएको हो ।

आज एक कार्यक्रमका विच (हुरेन्डेक नेपाल) कालिकोटका कार्यबहाक अध्यक्ष बिरेन्द्र बहादुर बुढाको सभाअध्यक्षता जिल्ला समन्वय समिती प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्यता, रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण), खाँडाचक्र नगरपालिका उप प्रमुख गणेश बहादुर शाही (आकाश), नरहरीनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्ट, शान्नित्रिबेणी गाउँपालिकाका कार्यबहाक अध्यक्ष देवनाथ योगी, प्रमख जिल्ला अधिकारी गणेश नेपाली, प्रहरी निरीक्षक पोषण थापा, निमित्त स्वास्थ्य ब्यवस्थापक डा. संकेत बिश्वकर्मा, जिल्ला स्थित सम्पुर्ण पत्रकारहरु, प्लान ईन्टरनेश्नल नेपालका र मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक नेपाल)का कर्मचारीहरु ४ वटा स्थानिय तहका युवा युवतीहरु लगाएतको सहभागीतामा उक्त दुई दिने तालिमको उद्घाटन गरीएको हो । बाल बालिकाहरुको शैक्षिक, आर्थिक, सामाजिक तथा राजनैतिक सशक्तिकरण गर्न युवा तथा स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका प्रभावकारी हुने उद्देश्यका साथ जिल्ला स्तरिय युवा भेलाको कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि शाहीले युवाहरुलाई शिक्षा,स्वास्थ्य ,रोजगार लागायतका कुराहरुको पहुँचमा पुगाउन स्थानीय सरकारले महत्वपूर्ण भुमिका खेल्नुपर्नेमा जोड् दिनु भयो । उहाँले स्वास्थ्य शिक्षा अहिलेको अनिवार्य अबश्यकता भएकाले यसमा लगानी बढाउन पनि स्थानिय सरकारका प्रमुखहरुलाई अनुरोध गर्नुभएको छ । कार्यक्रमको समापन सत्रमा बोल्दै (हुरेन्डेक नेपाल) कालिकोटका उपाध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष बुढाले कालिकोटका युवाहरुको लागी जिल्ला स्तरिय भेला एकदमै प्रभावकारी हुने विश्वास लिएको समेत बताउनु भएको छ ।

साथै दुई दिनसम्म सञ्चालन हुने जिल्ला स्तरिय युवा भेलाको कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द्र अधिकारीले गर्नु भएको थियो ।

error: Content is protected !!