चितवनमा ट्रकसँग बस ठोक्किँदा एकजनाको मृत्यु

कालिकोट । चितवन–नारायणगढ मुग्लिन सडकको जलबिरेमा बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भारत मोतिहारीका ३५ वर्षीय गौरी दासको भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताएका छन्।उनी रौतहटको गौरबाट पोखराका लागि जाँदै गरेका थिए। ग १ ख ८५२४ नम्बरको उक्त बस इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकिराखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग ठोक्किएको चितवन प्रहरीले जनाएको छ।अन्य चारजना घाइते छन् भने तीनजनाको अवस्था मध्यम र एकजना सामान्य छन्। प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।