म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश

कालिकोट । म्यानचेस्टर सिटीले एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।इतिहाद रङ्गशालामा भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो। पहिलो हाफको १३ र ३१ औं मिनेटमा बर्नार्डो सिल्भाले गरेको दुवै गोल गरेका छन् ।पेप ग्वार्डिओलाको टोली गत सिजनको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको ऐतिहासिक ट्रेबल दोहोर्‍उने होडमा रहेको छ।सिटी आठ मध्ये सात खेलमा अन्तिम चारमा पुगेको छ।