पथरीको बुद्धचोकमा रहेको चिउरा मिलमा आगलागी हुदाँ डेढ करोडको क्षति

कालिकोट । मोरङको पथरी शनिश्चरे– १ बुद्धचोकमा रहेको कोशी चिउरा मिलमा गएराति आगलागी हुँदा एक करोड ५० लाखको क्षति भएको छ । शनिवार राति १२ बजे मिलमा आगलागी हुँदा मिलका मेसिनहरु सहीत त्यहाँ राखिएको अन्न समेत खरानी भएको हो । मिलमा आगो लागेको करीव दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए भने स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो । उक्त मिलमा मानीशहरु नबस्ने भएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।