कानुनको पालना गर्ने कोही व्यवसायीहरु त्रसित हुनुनपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई

कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार छिटोछिटो परिवर्तन भइरहे पनि विकास निर्माणको काम प्रभावित हुन नहुने बताएका छन् । आज पोखरामा आयोजित कार्यक्रममा उनले विकास र समृद्धिको यात्रामा सरकार परिवर्तनले कुनै असर नपर्ने बताएका हुन् । उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्न र व्यवसायीलाई कुनै खाले अनावश्यक दुःख नदिन निर्देशन दिएको पनि बताए । नियम र कानुन पालना गरेर काम गरिरहेको कुनै पनि व्यवसायीले त्रसित हुन नपर्ने उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधन गर्न आफूले पहल गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।