सङ्खुवासभामा हत्या गरेको अभियोगमा जना पक्राउ

 

कालिकोट । सङ्खुवासभाको सभापोखरी गाउँपालिका(२ तल्लो ज्यामिरे बस्ने २९ वर्षीय रविन चामङलिङ राईको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २६ वर्षीय सङचिल राई रहेको बताईएको छ ।आपसी विवादको क्रममा सङचिलले धारिलो हतियार खुकुरी प्रहार गर्दा रविन गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धुपुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते रविनको धरानमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।