कालिकोट । वनमा आगलागी भएर घाइते भएकाहरुलाई थप उपचारका लागी हेलीकप्टर मार्फत सुर्खेत पुगाइएको छ । खाँडाचक्र नगरपालिका वडा नं ५ गाम्दीमा पर्ने नवदुर्गा सामुदायीक वनमा आगलागी हुँदा २ जना सक्त घाइते भएका थिए । शुक्रवार बाख्रा चराउन वनमा गएका वेला दिउसो करीव ४ः२० मा आगो लाग्दा सोही वडाका वर्ष ५० का नन्दलाल चौलागाई र उनकी छोरी ११ वर्षीय हेमन्ती चोलागाई भाग्दा भाग्दै जलेर सक्त घाइते भएका हुन् । आगलागीबाट उनिहरुका धेरै बाख्राहरु समेत मरेका छन । घटनाको केही बेरमै जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटेको टोलीले घाइतेलाई एम्वुलेन्स मार्फत जिल्ला अस्पताल मान्म पुगाउने काम गरेको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछी चिकित्सको टोली सहीत हीजो साँझ ७ः३० वजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताए । घाइतेहरुको अवस्था गम्भीर भएकाले त्यहाँ पनि उपचार सम्भव नहुने भएपछी कर्णाली प्रदेश सरकारको सहयोगमा हेलीकप्टर मार्फत भेन्टीलेटरमा राखेर प्रदेश अस्पताल सुर्खेत रिफर गरीएको उपचारमा संलग्न डाक्टर नबिन थापाले बताएका छन् । उनका अनुसार शरीरको धेरै भाग जलेकाले घाइते दुवै बाबु छोरीको अवस्था गम्भीर रहेको बताइएको छ । बिरामी बोकेर जुम्लाबाट उडेको हेलीकप्टर शनिवार साँझ ५ः०० वजे सुर्खेत पुगेको वडा नं ५ का वडा सदस्य बिनोद चौलागाईने जानकारी गराएका छन् ।