वुमन्स प्रिमियर लिग मुम्बईलाई हराउँदै बैंग्लोर फाइनलमा

कालिकोट । वुमन्स प्रिमियर लिग (डब्लूपीएल) को एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर मुम्बई इन्डियन्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । राजधानी दिल्लीमा हिजो भएको एलिमिनेटर खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई रोमाञ्चक रूपमा ५ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको आरसीबीको टोलीले २० ओभरमा ६ विकेट गुमाएर १३५ रन बनाएको थियो । अब रोयल च्यालेन्जर्स बैंग्लोरले भाली फाइनलमा दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।