देशभर बढ्न थाल्यो तापक्रम

कालिकोट । प्रि(मनसुन शुरु भएसँगै काठमाडौंलगायत देशभरको तापक्रम बढिरहेको छ। अहिले विराटनगर, सिमरा र भैरहवा लगायतका जिल्लामा दिउँसो अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा माथि पुग्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ डिग्री सेल्सियसम्म पुग्न सक्ने अनुमान गरिएको छ। यस्तै बिहानको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् गोविन्द झाले जानकारी दिएका छन्।उनका अनुसार आज तराईका केही भूभागमा सामान्यतया हावा चल्ने छ भने गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।