वनमा आगलागी हुँदा बाख्रा चराउन गएका बाबु छोरी घाइते

कालिकोट । वनमा आगलागी हुँदा दुई जना घाइते भएका छन । खाँडाचक्र नगरपालिका वडा नं ५ गाम्दीमा पर्ने नवदुर्गा सामुदायीक वनमा आगलागी हुँदा २ जना सक्त घाइते भएका हुन । घाइते हुनेहरुमा सोही वडाका वर्ष ५० का नन्दलाल चौलागाई र उनकी छोरी ११ वर्षीय हेमन्ती चोलागाई रहेको खुलेको छ । उनिहरु शुक्रवार बाख्रा चराउन वनमा गएका वेला दिउसो करीव ४ः२० आगो लाग्दा उनिहरु भाग्दा भाग्दै जलेर घाइते भएका जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी इंन्पेक्टर पोषण थापाले बताएका छन । आगलागी भएको करीव आधा घण्टा पछी प्रहरी टोली घटना स्थलमा पुगेको र घाइतेलाई एम्वुलेन्स मार्फत जिल्ला अस्पताल मान्म पुगाउने काम भएको सुचना अधिकारी थापाले बताएका छन । उनका अनुसार घाइते दुबै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अहीले आगलागी भएको ठाँउमा प्रहरी टोली र स्थानियबासीहरु ३०,३५ जनाको संख्यामा खटीएपनि आगो नियन्त्रणमा लिन नसकीएको साथै आगलागीबाट मानव वस्ती भने जोखीममा नभएको जानकारी प्राप्त भएको छ । आगो कसले र कसरी लगायो भन्ने खुलेको छैन् ।

error: Content is protected !!