गर्मी विस्तारै शुरु भएसँगै बढ्न थाल्यो डेंगु

कालिकोट विस्तारै गर्मी शुरु भएसँगै डेंगु, इन्फ्लुएन्जा (फ्लु) तथा टाइफाइडका विरामी बढ्न थालेका छन् ।तापक्रम बढ्दै गएपछि फेरि डेंगुका विरामी भेटिन थालेका छन ्। सन् २०२३ वर्षभरि नै डेंगुका धेरै विरामी भेटिएका थिए।यो वर्षको वैशाखदेखि असोजसम्मै डेंगु संक्रमण तीव्र गतिमा बढ्दा ५१ हजारभन्दा बढी संक्रमित भएका थिए । मंसिर लागेर जाडो शुरु भएपछि संक्रमण कम हुँदै गएको थियो तर फेरि तापक्रम बढ्दै जाँदा डेंगुका विरामी देखिन थालेको हुन् ।पछिल्ला वर्ष गर्मी मौसममा जनस्वास्थ्यको चुनौती बन्दै गएको डेंगु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्ला दिन सातामा २४ जनासम्म डेंगुका विरामी भेटिएका हुन् ।

 

error: Content is protected !!