कालिकोट ः विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको बताईएको छ ।मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालिएको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो। उनी डेरा बसेको घरभित्रै शव बरामद भएको छ।सिरहाको फुल्काहकट्टी घर भएकी दास नोबेल नजिकै बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्। घरको शौचालयमा दिउँसो १२ बजे उनको शव भेटिएको बताईएको छ ।धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको छ। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ। हत्यामा संलग्नको पहिचान खुल्न नसकिरहेको प्रहरीले जनाएको छ।घटनामा संलग्नले हत्यापछि शौचालयमा शव छाडेर भागेको पाइएको डीएसपी दाहालले बताए। घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ।