सरकार र लघुवित्त पीडित विच ६ बुँदे सहमति

कालिकोट । सरकार र लघुवित्त पीडितबीच ६ बुँदे सहमति भएको छ । आज नेपाल सरकारका तर्फबाट सरकारी वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखको संयोजकतत्वमा यस अघिनै वार्ता टोली बनाएको थियो । लघुवित्त संस्थाहरू खारेज हनुुपर्ने माग राखी आन्दोलनमा रहेका लघुवित्तका ऋणीहरूसँग वार्ता गर्न अर्थमन्त्री वर्षमान पुनले गएको बुधबार समिति गठन गरेका थिए ।