गृहमन्त्री लामीछानेको राजीनामा माग गदै संसदमा नाराबाजी

कालिकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै संसदमा नाराबाजी गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसका सांसदहरुले गृहमन्त्री लामिछानेको राजीनामा मागेका हुन । लामीछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका छन् । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने कांग्रेस सांसदहरुको अडान रहेको छ । सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन संशोधन विधेयक माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय नदिएपछि कांग्रेसले अवरोध गरेको थियो । दलहरुबीच कुरा नमिलेपछि १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक दुई घण्टापछि फेरी बसेता पनी दोस्रो बैठकमा पनि कांग्रेसले अवरोध गरेको बताइएको छ ।

error: Content is protected !!