निर्वाचन आयोगद्धारा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन

कालिकोट – निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्वर २ र प्रदेशसभा अन्तर्गत बझाङ १ को ’क’ मा उपचुनाव हुने भए पनि मतदाता नामावली देशभर नै अद्यावधिक गर्न लागिएको आयोगले जनाएको छ । आयोगले गएको फागुन १३ गतेसम्म सङ्कलन भएको विवरणहरुमध्ये र आउँदो वैशाख १४ गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण अद्यावधिक गरेर अन्तिम नामावली सार्वजनिक गर्ने बताएको छ । आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन भैसकेको छ । नामावली अद्यावधिक कार्यक्रम गएको फागुन २९ गतेदेखि शुरु भएको र आउँदो चैत ५ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ । मतदाताले त्रुटि सच्याउनका लागि आयोगको अनलाइन एप्लिकेशन, निर्वाचन कार्यालय साथै नगरपालिका, गाउँपालिकाका वडा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ ।

error: Content is protected !!