मुगुमा प्राविधिक कार्यालयका प्रमुख सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिकोट । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं ९ मा सिँचाइ कुलो निर्माणका क्रममा अनियमितता गरेपछि तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख देवी प्रसाद पाण्डे लगाएत अन्य ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सिड्डिखोलादेखि फुक्यालसम्म कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२-०७३ मा उपलब्ध गराएको रकम हिनामिना गरेको उहीहरु माथि आरोप लागेपछी अनुसन्धान थालेको थियो । अनुसन्धानमा दोसी ठहरीए पछी आज उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा सिड्डीखोला सिँचाइ आयोजनामा कामै नगरी १४ लाख १७ हजार ९ सय ३५ रुपैयाँ ५५ पैसा बराबरको भुक्तानी दिएको प्रमाण फेलापरेको छ । आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेश सिंह कठायत, सब इन्जिनियर भीम बहादुर रोकाया, असिस्टेन्ट सवइन्जिनियर सर्जन शाही, सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिको अध्यक्ष दिपादेवी शाही, सचिव पूर्ण बहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

error: Content is protected !!