कालिकोट । गएको मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सिसाइड रोडमा भएको दुर्घटनामा तिन जना नेपालीको मृत्यु भएको छ । मूत्यु हुनेमा काठमाडौं सानो भ¥याङ्गका सुजन कार्की, पन्चदेवल विनायक–५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगर रहेका छन् । उनिहरु तिनै जना कुवेतकै पापाजोन कम्पनीमा कार्यरत रहेको खुलेको छ । नेपाली राजदूतावास कुवेतका सुचना अधिकारी प्रेमराज गौतमले कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेका छन् । नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष राज मल्ल ठकुरीका अनुसार हवालीमा बस्दै आएका सुजन कार्की र धिरज गुर्मछान मगर सोमवार राति महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका र मंगलबार बिहान ड्युटीका लागि आफ्नो कोठामा फर्किने क्रममा सुरत उनीहरुलाई बस चढाउन आएका थिए । त्यही बेला तीनै जनालाई कारले ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।