कालिकोट । सङ्घीय संसद्को प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने बताइएको छ । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ’सङ्घीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । साथै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ’सङ्घीय निजामती सेवा विधेयक, २०८०’ संसदमा प्रस्तुत गर्नेछन् । सरकारले निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गर्ने तयारी गरेको जानकारी गराएका छन् । यस्तै आजकै बैठेकमा आ.व. २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धका विषयमा पनि छलफल सुरु गरिने सम्भावित कार्यसूची रहेको छ ।