कालिकोट । नेपाल कम्युनिष्ट पार्टीको सहायक संघठन युवा संगठन नेपाल कालिकोटको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।‘राष्ट्रघात, भ्रष्टाचार र जनघात, विरुद्ध युवा आन्दोलन सृजना गरौं, स्वाधीन नेपाल र आत्मनिर्भर युवाका लागि चौथों जिल्ला सम्मेलन’ भन्ने मुलनाराका साथ हिजो जिल्लाको कुमालगाउँमा चौथो जिल्ला सम्मेलन भब्यरुपमा सम्पन्न भएको बताइएको छ । सम्मेलनले पश्चिम कालिकोट जिल्लाको लागि नयाँराम सीको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ भने पूर्वी कालिकोट जिल्लाको लागि अनिल सीको अध्यक्षतामा १३ सदस्सीय जिल्ला समिति निर्वाचिात गरेको छ । उक्त सम्मेलनको नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले उद्घाटन गरेका थिए । सम्मेलनको बन्दसत्रलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य विराट सीले दलाल संसदीय व्यवस्थाका विरुद्ध नेपालमा समाजवादी व्यवस्था अनिवार्य भएको बताए । उनले नेपाली विशेषताको समाजवाद निर्माणका लागि सबै कालिकोटे युवाहरु एकतावद्ध हुनुपर्ने समेत बताए । सम्मेलनको बन्दसत्रमा नेकपाका केन्द्रीय सदस्य विराट सी,बलवान सी,दिनेश सी,पश्चिम जिल्ला सेक्रेटरी साहासी सी,पूर्वी जिल्ला सेक्रेटरी रमेश सी, मिनेश सी लगाएतका अतिथि तथा नेता कार्यकर्ताहरुको सहभागीता रहको थियो ।