कालिकोट । जिल्लाको महावै गाउँपालिकाले गाउँलेहरुको सहजताकोलागी खाडाचक्र नगरपालिकाको बिर्तामोडमा नुनु डिपो स्थापना गरेको छ । बुधवार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष खेम बहादुर सिंह (भिजन)ले नुन डिपोको उद्घाटन गर्नु भएको हो । उद्घाटन गर्दै अध्यक्ष सिंहले आफ्नो गाउँपालिकाका नागरीकले ५ प्यागेट नुन लिनको लागी सदरमुकाम मान्म धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भएको छ ।
आज देखि महावै गाउँपालिका को समन्वय र हिमचुली कृषि सहकारी संस्था लिमिटेड कालिकोट को साझेदारीमा महावै गाउँपालिकाले साल्ट ट्रेडिङ कर्पोरेसन लि. वितरण केन्द्र बिर्तामोड मा स्थापना गरि सेवा सुचारु गरेको छ । उक्त उद्घाटन कार्यक्रम मा महावै गाउँपालिका उपाध्यक्ष दानसिंह सेजुवाल वडा नं ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रबक्ता शिवराज जैसी (रविकिरण), हिमचुली कृषि सहकारी संस्था लि.का संचालक समिति सचिव पौरख विश्वकर्मा, संस्थाका सहायक व्यवस्थापक रुपेन्द्र ऐडी, वडा नं ७ का वडा सचिव मनराज कार्की पत्रकार, स्थानियबासीहरु लगाएतको उपस्थिति रहेको थियो ।
उक्त डिपोबाट प्रत्येक महिनामा तीन दिन ७, १४ र २१ गते नुन वितरण हुने बताइएको छ । गाउँपालिकाको वडा नं १,२,३,४,६र ७ को लागी बिर्तामोड डिपोबाट र वडा नं ५ गेलाका नागरीकको लागि पिली डिपोबाट नुन वितरण हुने प्रबक्ता जैशीले जानकारी दिनु भएको छ । कार्यक्रममा आफ्नो धारणा राख्दै सहकारी संस्थाका सहायक व्यवस्थापक ऐडीले समुदायको हीतका निम्ति सहकारी संस्थाले साझेदारीमा नुन डिपो स्थापना गरेकोे बताउनु भयो ।
यस्तै गाउँपालिकाको वडा नं ४ का स्थानीयवासी लाल बहादुर रावतले यसरी नजिकैको डिपोबाट नुन लिन पाउदा आफु निकै खुसी भएको बताउछन । उनले नुन लिन सदरमुखकाम मान्म जाँदा पैसा पनि धेरै खर्च हुने तथा समयमा गाडी पनि नपाउने गरेको दुख समेत व्यक्त गरेका छन ।