कालिकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका हुन् ।आज प्रतिनिधिसभामा भएको मतदानमा सहभागी २६८ सांसदमध्ये १५७ मत पक्षमा र ११० मत विपक्षमा खसेको थियो। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक रहेको थियो।आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। सोहीअनुसार वाम–लोकतान्त्रिक गठबन्धन टुटेसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।