लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको मृत्यु

 

कालिकोट । लुम्बिनी प्रदेशका पूर्वप्रमुख धर्मनाथप्रसाद यादवको मृत्य भएको छ। सिरहा गोलबजार नगरपालिका–६ खरहीटोलका यादवको ८० वर्षको उमेरमा हिजो आफ्नै निवासमा मृत्यु भएको हो।पछिल्लो समयमा उनी पक्षघातका बिरामी थिए। पेशाले शिक्षक यादव उनी २०१६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। २०४६ सालपछि शिक्षक पेशा छाडेर पूर्णकालीन राजनीतिमा लागेका थिए। २०४८ र २०५१ मा तत्कालीन सिरहा(३ बाट प्रतिनिधिसभाका लागि एमालेबाट उम्मेदवार बनेका थिए।