६ महिनाको परिक्रमापछि फर्किए, चारजनाअन्तरिक्ष यात्री

कालिकोट – ६ महिनाको मिसन पूरा गरेर चार देशका चार जना अन्तरिक्ष यात्री पृथ्वीमा फर्किएका छन् । नासाका सामुद्रिक हेलिकप्टर पाइलट ज्यास्मिन मोघबेलीले, डेनमार्कका एन्ड्रियास मोगेन्सन, जापानका सातोशी फुरुकावा र रुसका कन्स्टेन्टिन बोरिसोभको फिर्तीले टोलीको नेतृत्व गर्नुभएको थियो ।अगस्टमा अन्तरिक्ष स्टेसन गएको यो टोली झण्डै आधा वर्षको मिसन पूरा गरी उनीहरुको क्याप्सुल बुधबार फ्लोरिडाको पेनह्यान्डल नजिकै मेक्सिकोको खाडीमा सुरक्षित रुपमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन् । चार जनाको यो टोलीले एक सय ९९ दिन कक्षमा बिताएका थिए ।

error: Content is protected !!