आज कर्णाली प्रदेश सभाको अधिवेशन हुँदै

कालिकोट । कर्णाली प्रदेश सभा बैठक आज शुरु हुँदैछ। कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै आज दिउँसो ३ बजे बस्ने पहिलो बैठक बस्न लागेको हो। बैठकबारे सभाका सम्पूर्ण सदस्यलाई जानकारी गराइसकेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताएका छन्। उनका अनुसार कर्णाली प्रदेशसभा नियमावली २०७९, को नियम ३ को उपनियम ३ बमोजिम सदस्यहरूलाई उपस्थितिका लागि सूचित गरिएको पनि बताईएको छ।