सुनको सिक्री दाइजो नपाएको निहुमा विवाह रद्द गरेको आरोपमा बेहुलासहित ६ जना पक्राउ

 

कालिकोट । सुनको सिक्री दाइजो नपाएको भन्दै विवाह रद्द गरेपछि प्रहरीले बेहुला सहित ६ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२४ स्थित रानिघाटबाट दुलाहा सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमार विक्रम थापाले बताएका छन् ।सिक्री नपाएको भन्दै निहुँमा बाराको कलैया उपमहानगरपालिका–४ सिनेमा चौक बस्ने उमेश शाहले मण्डबाट नै विवाह रद्द गर्ने घोषणा गरेका बताईएको छ । उनले पर्साको वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल शाहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह गर्दै थिए । बेहुला वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर समेत हुन् ।