नेपाल कम्युनिष्ट पार्टीको जनसभा कार्यक्रम सम्पन्न 

कालिकोट । जिल्लाको तिलागुफा नगरपालिका–१, नाग्म बजारमा नेपाल कम्युनिष्ट पार्टीको जनसभा कार्यक्रम सम्पन्न भएको छ । किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ नागरीकलाई आत्मनिर्भर हुने उद्देश्यसहित जुम्ला र कालिकोटमा स्याउ रोपी सकेपछी नेकपाले दुइ वटै जिल्लाका नागरीकहरुको उपस्थितिमा जनसभा कार्यक्रम आयोजना गरीएको थियो ।

 

जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका महासचिव तथा समाजवादी मोर्चाका संयोजक नेत्र विक्रम चन्द विप्लव सीले देश परीवर्तन कृषि क्रान्तिवाट मात्रै सम्भव हुने बताएका छन् । आफुले गरेको उत्पादन पार्टीलाई मात्र नभई जनतालाई पनि हो, नेपालमा बाजो रहेको खेतबारी लाई उपयोग गर्नुपर्ने र नेपाली युवाहरुलाई बिदेसिन बाट रोक्ने पार्टीको उद्देश्य रहेको पनि विप्लव सीले बताएका छन । फरक प्रसंङ्गमा महासचिव सिले नेपालमा दलाल पुँजीवादी गणतन्त्रले देश र जनताको रक्षा हुन नसक्ने ठोकुवा गर्दै नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको संकटको उचित निकास हुने बताए । उनले परीवर्तनका लागी अग्रगामी निकास खोज्नु पर्ने र, त्यसका लागि समाजवाद भन्दा अर्को विकल्प नभएको पनि ब्याख्या गरे ।

जनयुद्ध भनेको परिवर्तनको युद्ध भएको र आर्थिक जीवनमा जनतालाई परिवर्तन गर्न आफुहरुले उत्पादनको कार्ययोजना अगाडी बढाएको साथै यो पनि एउटा जनयुद्ध नै भएको बताएका छन् । उक्त कार्यक्रममा नेकपाका पोलिट व्यूरो सदस्य आदर्श सी, स्थायी समिति सदस्य भरत सी, असल सी लगायतका केन्द्रीय नेताहरु सहित थुप्रै नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

error: Content is protected !!