कर्णाली पुलमा सवारी आवागमन बन्द

कालिकोट । कैलाली लम्कीचुहा नगरपालिका–३ को कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ।हिजो अपराह्न गुड्दै गरेको अवस्थामा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ख ५२९७ नम्बरको ट्रकमा पछाडिबाट एक्कासी आगलागी भएपछि कर्णाली पुलमा पनि क्षति पुगेको थियो।प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेरमात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ। आगलागीबाट पुलको १४ ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको बताईएको छ ।पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिएका छन् । कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौं तथा अन्य प्रदेशमा जाने सवारीसाधन लम्की, टीकापुर हुँदै सत्ति पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न आग्रह गरेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताएका छन्। काठमाडौँ तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले सुझाव दिएका छन् ।

 

error: Content is protected !!