कालिकोट । गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ।नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नयाँ शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ ।नगरपालिकाकाभित्र सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई संस्थागत विद्यालयमा पढाउने गरेको भन्ने जनगुनासो आएपछि नगरपालिकाले सो निर्देशन गरेको जनाइएको छ।नयाँ शैक्षिक सत्रदेखि सबैले सामुदायिक (सरकारी ) विद्यालयमा अनिवार्य रुपमा विद्यार्थी भर्ना गर्न निर्देशन गरिएको नगर प्रमुख जीवलाल खरेलले जानकारी दिएका छन्।