कालिकोट । अदालतको फैसला विपरीत छलफल गराइदिने भन्दै घुस लिने दुई प्रहरी अख्तियारको फन्दामा परेका छन्।महोत्तरीको गौशाला नगरपालिका १२ स्थित गैरी टोलबाट २० हजार रुपैयाँ घुस रकमसहित प्रहरी चौकी कान्तिबजारका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक असई शर्मा प्रसाद यादव र वरिष्ठ हवल्दार मन्जित कुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको बताईएका् छ ।घुस रकमसहित पक्राउ परेका उनीहरू दुवै जनालाई आयोगको बर्दिबास शाखामा राखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । महोत्तरी अदालतले जग्गासम्बन्धी जारी गरेको आदेश कार्यान्वयन नगर्न छलफल गराइदिने भन्दै एक व्यक्तिबाट २० हजार घुस लिँदै गर्दा असई यादव र वरिष्ठ हवल्दार झा पक्राउ परेका हुन्।विद्यालयले ठेक्का दिई भोगचलन गर्न चलन पुर्जी दिएको जग्गा र जग्गामा भएको फलफूलहरू, खेतिपाती उपभोग गर्न कुनै प्रकारको अवरोध सिर्जना गराउने कार्य नगर्नु र नगराउनु भनी महोत्तरी जिल्ला अदालतबाट भएको फैसलाको कार्यान्वयन नगर्नको लागि छलफल गराउने भनी उनीहरुले सेवाग्राहीसँग घुस लिएका अख्तियारले जनाएको छ ।