कालिकोट । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सी द्धारा कालिकोटमा पनि स्याउका बिरुवा रोपीएको छ ।
किसानलाई उत्पादनमा प्रेरित गर्ने र आयात घटाइ नागरीकलाई आत्मनिर्भर हुने उद्देश्यसहित जिल्लामा स्याउ खेतीको सुरुवात गरिएको विप्लवले बताउनु भएको छ । नेकपाले कृषि उत्पादन मार्फत आत्मनिर्भर र व्यापार व्यवसाय, उधोगधन्दा, कलकारखाना मार्फत समृद्धिको नीति अनुरुप काम गरिरहेको जनाएको छ ।
तिलागुफा नगरपालिका वडा नं ३, फोइमहादेवमा रहेको बाँझो जग्गामा ४ सय बिरुवा स्याउ रोपीएको हो । आईतवार समाजवादी मोर्चाका संयोजक तथा नेकपाका महासचिव विप्लव सी, पार्टीका स्थाई कमिटि सदस्य भरत सी, पोलीटब्युरो सदस्यहरु आदर्श सी, असल सी, केन्द्रीय सदस्यहरु विराट सी, विवेक सी, लगाएत पार्टीका २०० जना नेता कार्यकर्ताहरुको उपस्थितिमा स्याउ रोपीएको जिल्ला सेक्रेटरी रमेश सी ले बताएका छन । उत्पादनमा वृद्धि नभइ मुलुक र जनताको समृद्धि सम्भव नहुने कुरामा विश्वास राख्दै महासचिव विप्लव सीले कृषि क्रान्तिको यात्रालाई कर्णालीको जुम्ला, कालिकोटमा पुगाउनु भएको बताएको छ । ‘उर्भर बाँझो जग्गालाई उपभोग गरेर उत्पादन गर्ने नेकपाको उद्देश्य रहेको छ भने ‘यसले किसानहरुमा पनि सकारात्मक सन्देश प्रवाह गर्ने छ ।
उत्पादन वृद्धिबाट मात्रै समाज र राष्ट्रको उन्नति सम्भव छ । त्यसैलाई मध्यनजर गरी उर्भर जुम्ला कालीकोटको बाँझो भूमिलाई उपभोग गर्न र स्याउमार्फत समृद्धि हासिल गर्न खेती गर्न लागिएको सेक्रेटरी रमेश सी जानकारी दिएका छन । नेताहरुमा श्रम गर्ने पद्धतिको विकास हुन सकेमात्र जनता उत्साहित हुनाका साथै आत्मनिर्भर खेतीतर्फ उन्मुख हुने नेकपाका नेताहरुको धारणा रहेको छ । नेकपाले यस अघि जुम्लामा १ हजार ५ सय बिरुवा स्याउ रोपी सकेको छ ।