राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्नु पर्ने कांग्रेसको अडान ।

कालिकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको मिति सार्न प्रस्ताव गरेको छ । सरकारले आगामी फागुन २९ गतेका लागि राष्ट्रिय सभा अध्यक्ष चयनका लागि मिति अगाडी सारेपछी आफ्नो दलसँग छलफल नगरी एकतर्फी रूपमा तय गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । प्रतिनिधि सभाको पहिलो ठुलो दल र राष्ट्रिय सभाको दोस्रो ठुलो दलसँग छलफल नगरी सरकारले एकतर्फी रूपमा निर्वाचनको मिति तय गरेकोमा कांग्रेसको आपत्ति रहेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले रहेको बताए । यसबारे राष्ट्रिय सभा बैठक पूर्व आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रस्ताव गर्ने भएका छन ।

error: Content is protected !!