आज दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दै।

आज राष्ट्रियसभा बैठक बस्ने भएको छ । दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जानकारी गराएको छ । बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर साथै मनोनयनका लागि प्रस्ताव गर्ने पनि कार्यसूची रहेको छ ।

error: Content is protected !!