पालिका खोप समन्वय समिति रास्कोटको बैठेक सम्पन्न ।।

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना, इपिक नेपाल, एफ.एच.आई ३६०को आर्थिक सहयोगमा तथा रास्कोट नगरपालिकाको समन्वयमा पालिका स्तरीय खोप समन्वय समितिको बैठेक सम्पन्न भएको छ । जिल्लाका खोपको पहुँचमा पछाडी रहेका तिन स्थानिय तहहरु रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिका,यही फागुन २८ र २९ गते कोभिड १९ विरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएकाले यसलाई मध्यनजर गर्दै रास्कोट नगरपालिका खोप समन्वय समिति बैठेक आयोजना गरीएको बताईएको छ । कार्यक्रम पालिका खोप समन्वय समिति संयोजक तथा रास्कोट नगरपालिका उप प्रमुख मनिराज बरालको सभाअध्यक्षता, सदस्यहरु इपिक नेपालका कर्मचारी वडा अध्यक्ष कार्यापालिका सदस्य , पत्रकार , स्वास्थ्य सेवा कार्यालय कालिकोटका डा. संकेत बिश्वक्रमा, जनस्वास्थ्य अधिकृत कटक बहादुर महत, तथा कर्मचारी लगाएतको उपस्थिति रहेको त्यहाँवाट पत्रकार टिकाराज उपाध्यायले बताएका छन । उक्त बैठेकमा स्वास्थ्य सेवा कार्यालय कालिकोटका नि.स्वास्थ्य सेवा व्यवस्थापक डा. संकेत बिश्वकर्माले बैठेकको उद्देश्य, कोभिड १९ विरुद्धको खोप कार्यक्रमको उद्देश्य, नेपालमा कोभिड १९ रोगको सुरुवात अवस्था, खोप अभियानमा आउन सक्ने चुनौतीका विषयमा प्रशिक्षण दिनु भएको थियो भने इपिक नेपाल,एफ.एच.आईका प्रतिनिधि राजु चन्द, अनुजा खनालले कोभिड १९ रोगवाट वच्न नागरीकले अपनाउनु पर्ने प्रभावकारी उपाय र खोप अभियान पुनःसञ्चालन गर्नुको कारण तथा लगाउन लागीएको फाईजर खोपको वारेमा जानकारी दिनु भएको थियो । अन्तमा बैठेकको समापन गर्नु हुदै समन्वय समिति संयोजक मनिराज बरालले खोप अभियानलाई व्यापक प्रचार प्रसार गरेर सफल पार्न सवैलाई सहयोगको अपील गर्नु भएको थियो । उक्त खोपको ४२१० डोज रास्कोट नगरपालिकामा पुगी सकेको पत्रकार उपाध्यायले जानकारी दिएका छन्।

error: Content is protected !!