ट्रकले ठक्कर दिंदा इटहरीमा मोटरसाईकलमा सवार २ जनाको मृत्यु

कालिकोट । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं १२ खनार चोकमा हिजो राति मोटरसाइकललाई ट्रकले ठक्कर दिंदा दुई जनाको मृत्य भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी वडा नं ८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा पछाडी सवार आठ वर्षीय अभि दाहाल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । मृतकहरू काका भतिजा रहेको खुलेको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

error: Content is protected !!