कालिकोट । जिल्लाको नरहरीनाथ गाउँपालिका करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नं ८ पर्ने कालाढुंङ्गा भन्ने ठाउँमा आज विहान करीव १०ः०० वजे तिर बिद्युतको पोल सार्ने क्रममा दुई जनाको घटना स्थलनै मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाका वर्ष ४३ का शिक्षक केशव थापा र वर्ष २७ का गंग थापा रहेका पत्रकार कमल कोपीलाले जानकारी दिएका छन । घटनाको थप अनुसन्धान गर्नका लागी प्रहरी टोली घटना स्थल तर्फ गईरहेको र त्यहाँ पुगे पछी थप जानकारी हुने जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी इस्पेक्टर पोषण थापाले बताएका छन।