सुदूरपश्चिम प्रदेशमा चौथो पटक मन्त्रिपरिषद् विस्तार

कालिकोट । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एकीकृत समाजवादीले सरकार छाडेपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् । नागरीक उन्मुक्ती पार्टी संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिलामन्त्री र खुसीराम चौधरी विना विभागीय मन्त्री बनेका छन् । नउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाइएको छ भने इन्दिरा गिरीलाइ राज्यमन्त्री नियुक्त गरिएको छ । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । एकीकृत समाजवादी पनि केन्द्रको नयाँ सत्ता गठबन्धनमा गएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ । तर शाहले नाउपासँगै राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थालेका छन् ।