कालिकोट । जिल्लाको मान्ममा ११४ औं महिला दिवस भव्य रुपमा मनाइएको छ ।
‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मुल नाराकासाथ खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीको सभाअध्यक्षता तथा संविधान सभा सदस्य तुलाराज बिष्टको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्लामा पहीलो पटक महिला पञ्चेबाजा समुह सहीतको ¥याली निकालीएको थियो ।
यस अघि जिल्लामा आयोजना हुने बिभिन्न शभा समारोह तथा अन्य कार्यक्रममा पञ्चेबाजा बजाउनेहरुमा पुरुषको मात्रै शहभागिता देखिने गरेको भएता पनि आज महिला दिवसको अवसरमा जिल्लामा नौलो कामको सुरुवात भएको छ । महिला कामदारमाथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा हरेक वर्ष मार्च ८ तारिख अर्थात आजकै दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।
महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दी भन्दा लामो समयदेखि महिला दिवस मनाइँदै आइएको छ । श्रमबारे उठेको आन्दोलनलाई संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रमका रूपमा अन्तर्राष्ट्रिय महिला दिवसको मान्यता दिएको थियो ।
लैङ्गिक समानता हासिल गर्न महिलाहरुकोे सुरक्षा, सामाजिक संरक्षणको पूर्ण प्रत्याभूतिका साथै सभ्य र न्यायपूर्ण समाज निर्माण गर्न, महिलाका अधिकार र सशक्तीकरणका सवालमा आवाज बुलन्द गर्न, महिला माथी हुने बहुविवाह, बलत्कार जस्ता हिंसाको अन्त्य गर्न, विभेद, असमानताका सवालमा ¥याली तथा जुलुस निकालीनुका साथै विभिन्न सचेतना तथा दवावमूलक डेउडा, एकल गायन लगाएत विभिन्न साँस्कृतिक कार्यक्रम गरी दिवस भव्य रुपमा मनाइएको छ ।
दिवसको अवसरमा आयोजित र्याली कार्यक्रममा जिल्लाका महिलाहरु परम्परागत पञ्चेबाजा सहित पहीलोपटक देखिएका थिय । महिला हरुले पहिलोपटक बाजा बजाउदा समाजमा सकरात्मक प्रभाव परेको उक्त कार्यक्रममा शुभकामना दिने बक्ताहरुले बताएका छन् ।