कालिकोटका तिन स्थानिय तहमा यही फागुन २८ र २९ गते कोभिड १९ विरुद्धको फाइजर खोप लगाइँदै ।।

कालिकोट जिल्लामा यही फागुन २८ र २९ गते कोभिड १९ विरुद्धको खोप अभियान पुनः सञ्चालन हुने भएको छ । खोपको पहुँचमा पछाडी रहेका तिन स्थानिय तहहरु रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका र तिलागुफा नगरपालिकामा खोप अभियान सञ्चालन हुन लागेको बताईएको छ । स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयोजना तथा इपिक नेपाल,एफ.एच.आई ३६०को आर्थिक तथा प्राविधिक सहयोगमा १२ वर्ष भन्दा माथिका अहिले सम्म पहीलो मात्रा लगाएका नलगाएका सवैलाई खोप लगाउन लागिएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ । कोभीड १९ को नयाँ भेरीएन्ट जे.एन. १ नेपालमा समेत देखा परिसकेकाले र यस अघि खोप कभरेज कम भएका जिल्ला तथा पालिकामा खोप अभियान सञ्चालन गर्न परिवार कल्याण महाशाखाको समन्वयमा ब्यबस्थापन महाशाखाले फाईजर खोप पठाइसकेको छ ।

जिल्लामा १४ हजार ८८ डोज खोप प्राप्त भएको स्वास्थ्य सेवा कार्यलय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनु भयो । उहाँकाअनुसार जिल्लामा कोभिड १९ खोपको हाल सम्मको प्रगति पहिलो डोज ७९ प्रतिशत र दोस्रो डोजडोज ७२ प्रतिशत नागरीकले लगाएका छन । त्यस्तै पहिलो बुस्टर डोज ३३ प्रतिशत र दोस्रो बुस्टर डोज ९ प्रतिशत नागरीकले लगाएका छन । खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागी तिन वटै स्थानिय तहमा आवश्यक तयारी भइरहेको पनि जनस्वास्थ्य अधिकृत महतले जानकारी दिनुभएको छ ।

साथै इपिक नेपाल,एफ.एच.आई ३६० का प्राविधिक विशेषज्ञ प्रदिप कुमार श्रेष्ठले खोप महत्वपुर्ण र अनिवार्य समेत भएकाले सबै नागरीकलाई अनिवार्य लगाउन पनि अनुरोध गर्नु भएको छ ।

error: Content is protected !!