कालिकोट । आज नेकपा एमालेले सचिवालय बैठक बस्दै छ । सत्ता गठबन्धन फेरिएपछि बर्तमान राजनीतिक समीक्षा गर्न एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । बैठकमा पार्टीले गरेको पछिल्लो निर्णयको समीक्षा तथा आगामी कार्ययोजना लगायतका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो गठबन्धन, सरकारमा सहभागिता सहितका विभिन्न जिम्मेवारी साथै यसअघि सम्पन्न केन्द्रीय कमिटी बैठकमा उठेका विषय नै छलफलका मुख्य एजेण्डा रहेको उपमहासचिव ज्ञवालीले बताए।