कालिकोट । अपराधबाट गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा सुनिलकुमार सिंहलाई ३ वर्ष कैदको सजाय सुनाइएको छ । आज विशेष अदालतले सुनिल र उनकी पत्नी मिना कार्कीलाई क्रमशः ३ वर्ष र १ वर्ष ६ महिनाको कैद सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले सुनिलकुमार सिंहलाई ३ वर्ष कैद तथा उनकी पत्नी मिना कार्कीले डेढ वर्ष कैदको सजाय सुनाएका हुन् । आपराधिक कार्यबाट गैरकानुनी सम्पत्ति जोडेको कसुरमा सम्पत्ति शुद्धीकरण विभागले सुनिलकुमार सिंहविरुद्ध १ करोड १३ लाख १९ हजार ८५१ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । सिंहसँगै उनकी पत्नी मिना कार्कीविरुद्ध पनि मुद्दा चलेको थियो । विशेष अदालतले गत फागुन १५ गते सुनिलकुमार सिंहलाई मुख्य दोषी र उनकी पत्नीलाई मतियारका रुपमा कसुर ठहर गरेको थियो ।